• शनिबार, साउन २३ २०८३

पोखरीमा डुबेर तीन भारतीय बालकको मृत्यु


सोमबार, कार्तिक २८ २०७९
1.2K
Shares

सिराहा । सिराहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु भएको छ।

मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो।

इट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेका थिए। अली र नवीको घटनास्थलमै मृत्यु भएको र अर्का बालक नितेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार