
देशका केही स्थानमा बदली, बर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ।
अहिले बिहान सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
