• शनिबार, साउन २३ २०८३

सुन–चाँदीको मूल्य बढ्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच ?


आइतबार, कार्तिक २७ २०७९
1.6K
Shares

नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ।

आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा छ सय रुपैयाँ बढेको हो। 

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार तीन रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार