गोरखा । गोरखा बिकास बचत तथा ऋण सहकारी संस्थाले गोरखा नगरपालिका र जिल्ला अस्पताललाई मास्क सहयोग गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन कार्यरत स्वास्थ्यकर्मीको प्रयोगका लागि भन्दै संस्थाले नगरपालिकालाई १ हजार ४ सय थान सर्जिकल मास्क र अस्पताललाई एन ९५ मास्क १ सय थान सहयोग गरिएको संस्थाका सल्लाहकार इश्वरकाजी मास्केले जानकारी दिए ।
संस्थाका अध्यक्ष सित्तलकाजी मास्केले शनिबार बिहान गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त र गोरखा अस्पताललाई सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
