• शुक्रबार, भाद्र २६ २०८३

त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बिदा हुने


आइतबार, कार्तिक २७ २०७९
585
Shares

 

त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पस-कार्यलयहरु मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १, २ र ५ गते बिदा हुने त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ।

अधिकांश क्याम्पसरकार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पसरकार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार