• शुक्रबार, भाद्र २६ २०८३

अब आईएमईआई नम्बर दर्ता नभएका मोबाइलमा स्वतः एसएमएस अलर्ट आउने


शुक्रबार, कार्तिक २५ २०७९
860
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता नगरी प्रयोगमा आइरहेका मोबाइल फोनमा स्वतः एसएमएस अलर्ट पठाउने भएको छ ।

गत भदौ ३० देखि कार्यान्वयनमा आएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अन्तर्गत प्राधिकरणले आईएमई दर्ता नभएका मोबाइलमा स्वतः एसएमएस पठाउने तयारी गरेको हो ।

यसका लागि इक्विपमेन्ट आइडेन्टी रजिस्टर (ईआईआर) प्रणाली कार्यान्व्यनमा ल्याउन लागेको प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले जानकारी दिए । ”हाल हामीले आईएमआई दर्ता नभएका फोनमा म्यानुअल्ली एसएमएस पठाउने गरेकोमा नयाँ प्रणालीले स्वतः एसएमएस पठाउँछ,” उनले भने ।

उनका अनुसार एमडीएमएसको सफ्ट लञ्चपछि अन भएका वा प्रयोगमा आएका फोनमा सिस्टमले नै आईएमईआई दर्ता गर्न अनुरोध गर्नेछ । यसबाट अनधिकृत रूपमा नेपाल भित्रिएका मोबाइल एमडीएमएसको सम्पर्कमा जोडिने उनले बताए ।

त्यस्तै चोरी वा हराएका मोबाइललाई हालसम्म म्यानुअल्ली ब्लक गर्ने काम भइरहेकोमा अब यो सेवा पनि एमडीएमएसमार्फत सुरू गर्ने तयारी भएको उनले जानकारी दिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार