• शनिबार, साउन २३ २०८३

वर्षा र पुष्पको ‘मनसँग मन’को प्रदर्शन मिति तोकियो


शुक्रबार, कार्तिक २५ २०७९
875
Shares

नेपाली फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय भएको छ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म माघ २० गतेदेखि प्रदर्शन हुने भएको हो। 

पुष्प खड्का र वर्षा शिवाकोटीले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्म भारतमा रिलिज गरिएको थियो। 

कैलाश राईले निर्देशन गरेको यो फिल्ममा पुष्प र वर्षाका साथमा बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्तेलगायतका कलाकार पर्दामा देखिनेछन्। नायिका पूजा शर्मा र पल शाह पनि फिल्ममा विशेष भूमिकामा देखिनेछन्। 

अर्जुन पोख्रेल र आगोम गुरुङको संगीत रहेको फिल्ममा कमल राई र रामजी  लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार