• शनिबार, साउन २३ २०८३

बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले गरे सम्बन्ध विच्छेद


शुक्रबार, कार्तिक २५ २०७९
725
Shares

लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताए।

‘दुई जनाकाे सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ उनले भने।

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।

सम्बन्ध विच्छेद गरेपछि बबिता बानियाँ ‘जेरी’ले मिडियासँग कुराकानी गर्दै पैसाको कुरामा मतभेद भएको बताएकी छन्। 

‘उहाँले मलाईभन्दा पनि मैले कमाउने पैसालाई प्रेम गर्नु भएको रहेछ। मैले कमाएको पैसा उहाँको आमाछोराको नाममा राख्नु पर्ने बाध्यता थियो। पैसाकै कारण आज हामी यो स्थितिमा पुग्यौं। तँसँग विवाह गरेर मेरो बदनाम भयो। मलाई कस्ता-कस्ता केटीले कुरेर बसेका थिए। न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसेँ भन्दै मानसिक यातना दिइरहनु हुन्थ्यो,’ उनले भनेकी छन्।

जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार