• शनिबार, साउन २३ २०८३

प्रतितोला १३ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


शुक्रबार, कार्तिक २५ २०७९
570
Shares

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार  दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३ सय रुपैयाँ बढेको हो। बिहीबार सुनको मूल्य स्थिर रहेको थियो।

बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार