• शनिबार, साउन ३० २०८३

भारतले फेरी थप्याे दुई साता ‘लकडाउन’


शुक्रबार, बैशाख १९ २०७७
855
Shares

भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ। 

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो। लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।

शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार