• शनिबार, साउन २३ २०८३

भृकुटीमण्डपमा ‘जुत्ता–चप्पल व्यापार प्रवर्द्धन मेला’ लाग्दै, ५० प्रतिशतसम्म छुट


बुधबार, कार्तिक २३ २०७९
830
Shares

काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला’ हुने भएको छ।

नेपालमा उत्पादित जुत्ता–चप्पललाई प्रवर्द्धन गर्न फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा यही कात्तिक २४ देखि पुस २ गतेसम्म मेला आयोजना हुने भएको हो। 

मेलाका संयोजक एवं एसोसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्ष्य गरी मेला सुरु गर्न लागिएको जानकारी दिए। मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ।

तीन हजारभन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ता चप्पल खरिद गर्न सहज हुने मेलाका सहसंयोजक जीवन श्रेष्ठले बताए। मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

मेलामा नेपालमा उत्पादित बीएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोसेली, फस्ट वाक, क्रस रोड, केटीएम, भीएनएस, स्टाइल सुजलगायत प्रदर्शनीमा राखिने छन् । उक्त मेलामा रु सयको चप्पलदेखि रु १० हजारको जुत्तासम्म राखिने संयोजक उपाध्यायले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार