• शुक्रबार, भाद्र २६ २०८३

अक्षयको ‘रामसेतु’ले नेपालमा पायो प्रदर्शन अनुमति


मंगलबार, कार्तिक २२ २०७९
1.1K
Shares

अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’ले नेपालमा प्रदर्शन अनुमति पाएको छ। फिल्मलाई नेपालको चलचित्र जाँच समितिले प्रदर्शनका लागि अनुमति दिएको हो। सोमबार फिल्मको सेन्सर जाँच गरिएको सेन्सर बोर्डका सदस्य सन्तोष थापाले बताएका छन्। 

यो फिल्म गत साता नै नेपालमा प्रदर्शन हुने भनिएको थियो। तर चलचित्र विकास बोर्डले सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो। अब सेन्सर बोर्डले यो फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ। योसँगै फिल्म ‘रामसेतु’आगामी शुक्रबारबाट रिलिज हुने भएको छ। 

कार्तिक १ गतेबाट नेपालमा रिलिजको एक साताअघि नै सेन्सरका लागि कागजपत्र बुझाउनु पर्ने नियम छ। यो नियम पालना नगरेको भन्दै ‘रामसेतु’लाई प्रदर्शन अनुमति दिइएको थिएन। यही विषयमा वितरक र बोर्डबीच लफडा भएको थियो। 

यो फिल्म बलिउड उद्योगमा भने दुई साताअघि नै प्रदर्शन भैसकेको छ। बलिउड बक्स अफिसमा असफल ‘रामसेतु’लाई नेपालमा डीसीएन र स्टेसन फाइभले रिलिज गर्न लागेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार