• आइतबार, साउन १० २०८३

कोरोनालाई परास्त गर्ने अभियानमा सरकारलाई सघाउदै गोरखाका श्रेष्ठ र पोखरेल


शुक्रबार, बैशाख १९ २०७७
1.1K
Shares

गोरखा । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले हाल विश्वलाई आक्रान्त बनाइरहेको छ । यसको असर नेपालमा समेत पूर्ण रुपमा परिसकेको छ ।

यसै बिच यसको संक्रमण फैलिन नदिन सरकारले करिब डेढ महिनाअघि देखि लकडाउन घोषणा गरेको थियो । लकडाउन घोषणा भएसंगै देशमा आर्थिक तथा सामाजिक संकट सृजना हुदै जाने सम्भावना पनि उत्तिकै छ । नेपाल जस्तो विकासोन्मुख देशलाई कोरोनासंग जुध्न कम्ति चुनौती थिएन ।

यस भाइरसलाई परास्त गर्न हाल देशमा रहेका तिनै तहका सरकारले आ–आफ्नो ढंगबाट अभियान सञ्चालन गरिरहेकै छन् । तर सरकारको मात्रै प्रयास भने पूर्ण थिएन । यसमा नागरिकको समेत स्वतस्फूर्त सहभागिताले सरकारको कामलाई थप मजबुत बनाएको छ ।

पछिल्लो समय राज्यको काममा सघाउनेको संख्या पनि बढ्दै गएको छ । यसरी संकटका बेला राज्यलाई सघाउने मध्ये हुन् गोरखाका पिटर कुमार श्रेष्ठ र सुनिल पोखरेल ।

पालुङ्टार नगरपालिका १ खोप्लाङ सातदोबाटो बस्ने पिटर कुमार श्रेष्ठ तथा सिरानचोक ४ छोप्राक स्थायी घर भै हाल स्विजरल्याण्ड बस्ने सुनिल पोखरेलले गोरखा विभिन्न ठाँउमा राहत तथा सहयोग बितरणमा अघि सरेका छन् ।

श्रेष्ठ र पोखरेलको संयुक्त प्रयासमा जिल्ला प्रहरी कार्यलय गोरखालाइ एकहजार थान मास्क, इलाका प्रहरी कार्यलय ठाटिपोखरी पालुङ्टारलाइ २०० थान मास्क, दर्जन स्यानिटाइजर, चाउचाउ बिस्कुट लगायतका खाध्य सामाग्रीहरु बितरण गरेको पिटर कुमार श्रेष्ठले बताए।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखालाई १०० थान मास्क, दर्जन स्यानिटाइजर, साबुन चाउचाउ बिस्कुट लगायत खाजा साथै प्रहरी चौकी चोरकाटेलाइ मास्क, खाजा लगायत उपलब्ध गराएको छ ।

साथै यो टिमले लकडाउनको कारण खाद्यान्न संकटमा परेका सिरानचोक ४ छोप्राक चोरकाटे स्थित वडाका करिब ४२ घरपरिवारका १५० भन्दा धेरै मानिसहरुलाइ गाउँपालिकाको मापदण्ड अनुसार चामल, तेल, नुन, दाल, साबुन लगायत दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको छ ।

यस ठाँउमा सहयोग उपलब्ध गराउनको लागी पोखरेल र श्रेष्ठसहित सोही ठाँउ निवासी हाल कतारमा रहेका समाजसेवी गणेश गुरुङ, कोरियामा रहेका कृष्ण भट्टराई तथा कोरियामै रहेका राजेन्द्र पोखरेलले संयुक्त रुपमा हातेमालो गरेका थिए ।

यतिमात्र नभई गोरखामा काम गर्न आएका तर लकडाउनको कारण आफ्नो गृहजिल्ला जान बिबस मजदुरहरुलाइ पनि खाजा, सवारी लगायत सहयोग र समन्वय गर्दै फिल्डमा सेवामा खटिरहेका श्रेष्ठले अब पोखरेलसंग संयुक्त प्रयासमा १/२ दिनमै पालुङ्टार नगरपालिकासंगकाे समन्वयमा पालुङ्टार वडा नम्बर १ मा पनि गरिब घरपरिवारलाई राहत बितरण गर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार