• शनिबार, साउन ९ २०८३

६० हजार भन्दा धेरै कोरोना परीक्षण, कुन प्रदेशमा कति आइसोलेसनमा


शुक्रबार, बैशाख १९ २०७७
910
Shares

हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षण संख्या ६० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार अपराह्‍नसम्म पीसीआर विधिमार्फत १२ हजार ५ सय ७७ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत ४७ हजार ७ सय ९७ गरी कुल ६० हजार ३ सय ७४ वटा परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गत २४ घण्टामा मात्र १ हजार ४ सय ६१ जनाको कोरोना परीक्षण गरिएको बताए ।

उनका अनुसार प्रदेश नम्बर १ मा ५ हजार ८९, प्रदेश नम्बर २ मा ५ हजार ६ सय १७, बागमती प्रदेशमा ८ हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ वटा परीक्षण गरिएको छ ।

शुक्रबार ९४ जना सम्‍भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ५ जना र काठमाडौंबाहिर ८९ जना रहेका छन्।

उनका अनुसार क्वारेन्टाइनमा बस्‍नेहरूको संख्या देशभर २४ हजार ९ सय ७ जना पुगेको समाचार खबरहबले छापेकाे छ ।

तीमध्ये प्रदेश नम्बर १ मा २ हजार ८ सय ७७ जना, प्रदेश नंम्बर २ मा १ हजार ३ सय ३२ जना, बागमती प्रदेशमा ५ सय ३८ जना, गण्डकी प्रदेशमा ७ सय ८ जना, प्रदेश नम्बर ५ मा १२ हजार १ सय ६३ जना कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ ज६ना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार