• शनिबार, साउन २३ २०८३

गोरखामा अत्याधुनिक प्रविधिसहितकाे सिनेमा हल सञ्चालनमा आउने


मंगलबार, कार्तिक २२ २०७९
2.7K
Shares

गोरखा । गोरखामा अत्याधुनिक प्रविधिसहित सिनेमा हल सञ्चालनमा आउने भएको छ ।

करिब ७ बर्षदेखि बन्द रहेको ‘गोरखकाली चलचित्र मन्दिर’ लाई अत्याधुनिक प्रविधि र सुविधासहित सिनेमा हल सञ्चालनमा आउने सञ्चालक मध्यको एक मोहम्मद याकुबले बताए।

लामो समय बितिसक्दा पनि गुणस्तरीय सिनेमा हल नचल्दा गोरखाका दर्शक फिल्म हेर्न चितवन, दमैली जानुपर्ने बाध्यता थियो’ उनले भने । ‘त्यसैले जिल्लाकै एकमात्र चलचित्र हलमा वल्डकै बेस्ट साउण्ड स्टिम ५.१ सरउण्डेट साउण्ड सिस्टमसहितको हल सञ्चालनमा ल्याउन लागेको हो ।’

गोरखामा गुणस्तरीय सिनेमा हलको माग बढेसँगै नया सेवा सुबिधासहित हल सञ्चालनमा ल्याउन लागेको सञ्चालक याकुबले बताए। स्रोतका अनुसार २१० सिट क्षमताको यो सिनेमा हलमा हलमा आरामदायी सिट हुनुको साथ क्यान्टिनको राम्रो ब्यबस्था रहेको सञ्चालकले जनाएको छ ।

हल निर्माणको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । सिनेमा हेर्न गोरखा, तनहु, आबुखैरेनी, तनहु र मुग्लीन सम्मका नागरीकहरु लाइ लक्षित गरी सिनेमा हल सञ्चालनमा ल्याइएको सञ्चालक मध्यको एक याकुबले बताए ।

करिब १ करोड ५० लाख खर्च लागेको यस हलले महिनाको ३ लाख आम्दानी गर्ने अनुमान राखेको छ । हल चुनाब लगतै सञ्चालनमा ल्याउने तयारी भइरहेको याकुबले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार