• आइतबार, साउन १० २०८३

वडाध्यक्षमाथि गोली प्रहार


शुक्रबार, बैशाख १९ २०७७
900
Shares

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ।  कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ। 

खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो। दुई जना अज्ञात व्यक्तिले उनी माथि गोली  हाने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार