गोरखा । गएराती गोरखा सदरमुकाममा भएकाे ट्याक्टर दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । गोरखा नगरपालिका ८ काे बराहमा राती करिब १० बजेकाे आसपासमा भएकाे दुर्घटनामा परि साे ट्याक्टरका चालक ३६ बर्षका राजु गुरुङकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

ग १ त ४८७४ नम्बरकाे ट्यक्टर बराहकाे सडकबाट करिब ३० मिटर तल झर्दा आरुघाट गाउँपालिकाकाे मान्बु घर भई हाल गोरखा नगरपालिकाकाे सतिपिपल बस्ने गुरुङकाे मृत्यु भएकाे बताइएकाे छ । दुर्घटनामा परि ४३ बर्षका खुसबहादुर थापा घाइते भएका छन् । उनि साेही ट्याक्टरका सहचालक हुन् ।
सडकबाट खसेकाे ट्याक्टरले बराहका एक स्थानीयकाे गोठमा समेत क्षति पुर्याएकाे र गोठमा रहेका केहि बाख्राहरु समेत मरेकाे प्रहरीले जनाएकाे छ ।
तस्विर: साेम श्रेष्ठ