• सोमबार, साउन ११ २०८३

डेंगु संक्रमण उच्च बिन्दुमा : संक्रमित ५० हजार नाघ्दा ५५ को मृत्यु


सोमबार, कार्तिक २१ २०७९
4.4K
Shares

नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।

योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ ।

गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो ।

यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार