चीनले विश्वकै ठूलो रंगशाला बनाउने भएकाे छ। चीनले गोन्जाओमा विश्वकै ठूलो रंगशाला निर्माण कार्य सुरु गरिसकेको छ ।
फुटबल क्लब गोन्जाओ एभरगार्डले अहिले आफ्नै खर्चमा घरेलु मैदानमा रंगशाला बनाउन सुरु गरेको हो । एक दशमलव ३६ विलियन पाउन्ड लागतमा बन्ने रंगशालाको दर्शक क्षमता एक लाख २३ हजार सिट रहने छ ।
रंगशालामा दुई सय ६० भन्दा बढी सिट सिट क्षमताको छुट्टै अतिविशिष्ट (भिभिआईपी) बक्स बनाईने छ ।
रंगशालाको डिजाइन अमेरिकी नागरिक असन सयदले गरेका हुन् । कोरोना संक्रमणका कारण निर्माण कार्य केही ढिलो सुरु भएकोले लागत रकम अझै बढ्न सक्ने बताईएको छ ।
यसको निर्माणको जिम्मा पनि गोन्जाओ एभरगार्ड आफैले लिएको छ निर्माणको क्रममा रकम नपुग भएमा चीनको खेलकुद मन्त्रालयसँग सहयोग लिन सकिने छ । निर्माण कार्य सन् २०२२ मा सक्ने योजना छ ।