• शनिबार, साउन २३ २०८३

सगरमाथा क्षेत्रमा देखियो हिउँ चितुवा


सोमबार, कार्तिक २१ २०७९
1.1K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ।

This image has an empty alt attribute; its file name is 313420319_500303748793573_4406178871459717650_n.jpg

अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif


५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्।

५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले लेखेकी छन्।

‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो। तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ,’ उनले भनेकी छन्।

हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन्।

‘गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ। उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ,’ उनले भनेकी छन्।

फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्।

This image has an empty alt attribute; its file name is Royal-Baby-Land-Gorkha-4.gif



Yoast SEO

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार