गोरखा । भूकम्पले चर्किएकाे भवन प्रवलीकरण भइरहेकाे महेन्द्र ज्याेती माध्यामिक विधालयमा भूतपूर्व विधार्थीहरुले प्रवेश गेट निर्माण गरिदिएका छन् ।
गाेरखा नगरपालिका वडा नम्बर ६ काे दरबारमार्गमा रहेकाे साे विधालयका पूर्व विधार्थीहरुले २ लाख रकम खर्चेर आकर्षक प्रवेश गेट निर्माण गरिदिएका हुन् ।
साे विधालयबाट यसअघि एसएलसी दिई हाल नेपालसहित बिभिन्न देशमा छरिएर रहेका पूर्व विधार्थीहरुकाे पहलमा गेट बनाइएको निर्माण समितीका सदस्य समेत रहेका माेहम्मद कलाम मियाँले बताए ।

गेट बनाउन विशेष गरेर २०५२ सालमा एसएलसी दिएका विधार्थीहरुले पहलकदमी लिएकाे बताइएकाे छ । पूर्वविधार्थीहरुबाट सहयाेग रकम संकलन गरेर बनाइएकाे गेट एक कार्यक्रमकावीच विधालयलाई हस्तान्तरण गरिएकाे छ ।
पूर्वविधार्थी समेत रहेका निर्माण समितीका अध्यक्ष तपस रानाले विधालयका सहायक प्रधानाध्यापक नन्दलाल श्रेष्ठलाई गेटकाे ताला हस्तान्तरण गरेका हुन् ।
