• शनिबार, साउन ९ २०८३

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार, २४ घण्टामै ५ हजार ८ सयको मृत्यु


शुक्रबार, बैशाख १९ २०७७
1.2K
Shares

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३३ हजार ८२९ पुगेको छ ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ४ हजार १४० मानिस संक्रमित भएका छन् ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार ५५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २० लाख ३१ हजार २५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ९६२ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९५७ जना संक्रमित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार