• शनिबार, साउन २३ २०८३

नेपाल शिक्षक संघ शहिद लखनको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल


आइतबार, कार्तिक २० २०७९
1.7K
Shares

गाेरखा । नेपाल शिक्षक संघ शहिद लखन गाउँपालिका स्थानीय कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार मनकामना माध्यमिक विद्यालय मनकामनामा सम्पन्न अधिवेशनले सीताराम ढकाललाई अध्यक्षमा चयन गरेको हाे । ढकालको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

अधिवेशनले उपाध्यक्ष(खुल्ला), उपाध्यक्ष(महिला), सचिव, अर्थसचिवमा क्रमशः केशवप्रसाद ढकाल, निर्मला श्रेष्ठ, वसन्त पौडेल, देशबहादुर श्रेष्ठलाई चयन गरेको हो।

यसअघिको कार्यसमितिका सभापति कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल शिक्षक संघ, जिल्ला कार्यसमितिका कार्यबाहक सभापति शिव थापा, स्थानीय समाजसेवीहरु वडा नं ३ का वडाअध्यक्ष दीपक पाण्डे, वडा नं ६ का वडाअध्यक्ष दिलिपनारायण श्रेष्ठ, वडा नं ७ का वडाअध्यक्ष शरण श्रेष्ठ, वडा नं ८ का वडाअध्यक्ष बासुदेव ढकाल, खुनप्रसाद रेग्मी, काशिनाथ अम्गाई, प्रेमकुमार श्रेष्ठ र मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार मिश्रले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार