• शनिबार, साउन २३ २०८३

नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु


आइतबार, कार्तिक २० २०७९
1.2K
Shares

रुसको कोस्ट्रोमा सहरस्थित एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने बन्दुक पड्काउँदा नाइट क्लबमा आगलागी फैलिएको हो।

आगलागीमा परि केही घाइते भएका छन्। आगलागीका कारण नाइटक्लब पूर्ण रुपमा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आगलागी गर्ने ब्यक्ति र क्लब व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

आगलागीको समयमा सो नाइट क्लबमा २ सय ५० जना रहेको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार