रोल्पामा बम विस्फोटमा परी चार बालबालिकाको ज्यान गएको छ। त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बिहीबार अपरान्ह भएको विस्फोटमा परी ४ बालबालिकाको ज्यान गएको रोल्पा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय लोकिराम डागी, ११ वर्षीया बिमला डागी, ५ वर्षीय विजय खत्री र सोही गाउँपालिका– ४ का १३ वर्षीय गौरव नेपाली रहेका छन् ।
मृत्युु हुनेका तीन बालक र एक बालिका छन्।