• आइतबार, साउन १० २०८३

गण्डकी प्रदेशमा लकडाउन खुकुलाे बनाइदै, विकास निर्माणका आयाेजना अघि बढाइने


बिहिबार, बैशाख १८ २०७७
1.1K
Shares

कोरोनाका कारण ठप्प बनेका विकास निर्माणका कामलाई पुनः सुरु गर्न गण्डकी प्रदेशले मापदण्ड बनाएर लागू गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले लकडाउन अवधिमा अत्यावश्यक उद्योग, विकास निर्माण र कृषि उत्पादनलाई सुरु गर्न मापदण्ड तयार गरेको हो ।


प्रदेशका ११ वटै जिल्लाका प्रशासन कार्यालयले उक्त मापदण्ड लागु गराउने भएको छ । निर्माण व्यवसायी, उद्योग व्यवसायी र किसानहरुले पालना गर्नुपर्ने मापदण्ड जारी गरिएको छ ।

ठूला तथा साना विकास निर्माण आयोजनामा मजदुरलाई आयोजना स्थलभित्रै खाना, बस्न र शौचको व्यवस्था सहित काम थाल्न दिने निर्णय भएको छ । उद्योगमा पनि उच्च सतर्कता अपनाई काम अघि बढाउन दिने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार