• शनिबार, साउन २३ २०८३

बदली र वर्षाको सम्भावना कहाँ-कहाँ ?


शुक्रबार, कार्तिक १८ २०७९
805
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

देशका केही स्थानको मौसम आज शुक्रबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

अहिले बिहान प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो सुदुर पश्चिम लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार