• शुक्रबार, साउन ८ २०८३

माओवादीले ल्यायो ‘भोट फर प्रचण्ड’ भन्दै र्‍याप गीत


बिहिबार, कार्तिक १७ २०७९
1.4K
Shares

नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड’ भन्दै र्याप गीत सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै माओवादीले पहिलो पटक र्याप गीत ल्याएको हो । 

माओवादी एजेण्डालाई र्याप गीतमा प्रस्तुत गरेर युवालाई आकर्षण गर्न ल्याएको हो । नयाँ शैलीको गीत सार्वजनिक भएपछि माओवादी नेता कार्यकर्ताले सामाजिक सञ्जालमा राखेर सेयर गरेका छन् ।

जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरू गीतमा प्रस्तुत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार