• शनिबार, साउन २३ २०८३

दक्षिण कोरियामा ४६ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित


बिहिबार, कार्तिक १७ २०७९
955
Shares

दक्षिण कोरियामा २४ घण्टा अर्थात् बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् ।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् ।

एक दिनअघि सङ्क्रमितको संख्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजार आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ । 

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर २९० पुगेको छ । यस सङ्क्रमणको कारण थप ४१ जनाको मृत्युको पुष्टि भएपछि कोरोना सुरु हालसम्म  २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार