• शनिबार, साउन २३ २०८३

कमजोर बन्दै युरो, डलरको मूल्य १३२ रुपैयाँ ७६ पैसा हुँदा युरोको कति ?


बिहिबार, कार्तिक १७ २०७९
880
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ८९ पैसा र बिक्रीमा १३१ रुपैयाँ ४९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ९३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ३२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३० पैसा र बिक्रीमा ३६ रुपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रुपैयाँ ८९ पैसा र बिक्रीमा २८ रुपैयाँ २ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५० पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार