• शनिबार, साउन २३ २०८३

घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?


बिहिबार, कार्तिक १७ २०७९
880
Shares

बिहीबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। बुधबार सुन तोलामा पाँच सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार