• शुक्रबार, भाद्र २६ २०८३

अनमोलको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने


बुधबार, कार्तिक १६ २०७९
850
Shares

अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘छड्के २’ फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ  ।

निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टरसहित फिल्मको रिलिज मिति बाहिर ल्याएको हो ।  ‘छड्के २’ सँगै यो मितिमा रिलिज हुनेको संख्या ५ पुगेको छ । जसमा ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ रहेका छन् । 

‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो । पोष्टरमा पनि उनी लामो कपाल र कालो चस्मामा बाइक चलाउँदै देखिएका छन् भने उनको  पछाडि ग्याङस्टार हुलियामा केही केटाहरू बाइकमा सवार छन् । 
ग्याङस्टारको कथामा बनेको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् । लेखन समेत निर्देशक श्रेष्ठको रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आलेमगर लगायतको अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् ।

लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको चितवन र मुस्ताङमा छायांकन भएको हो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार