विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ ।
४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् ।
विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।
बिहीबार बिहान यो समाचार तयार पार्दासम्म १९ लाख ९० हजार १२५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५९ हजार ८१७ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् ।