• सोमबार, साउन ११ २०८३

डेंगु सङ्क्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु


बुधबार, कार्तिक १६ २०७९
720
Shares

लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु  भएको छ ।

बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको  हो । 

२२ वर्षीय अधिकारी  प्रेस सेन्टर लमजुङकी  सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष  त्रिभुवन पौडेलले बताए।  

उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार