• शुक्रबार, भाद्र १९ २०८३

घटेन कोरोना कहर : एकै दिन भारतमा ७१ र अमेरिका साढे २३ सय जनाकाे मृत्यु


बिहिबार, बैशाख १८ २०७७
945
Shares

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ।

बुधबार मात्रै त्यहाँ ७१ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ७९ पुगेको छ। मंगलबार त्यहाँ ६९ जनाले ज्यान गुमाएका थिए।

त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ३३ हजार नाघेको छ। 

त्यस्तै अमेरिकामा पनि कोरोनाबाट ज्यान गुमाउको संख्या घट्न सकेको छैन। गएको आइतबार र सोमबार मृत्यु केही कम भएपनि मंगलबार र बुधबार अमेरिकमा दैनिक दुई हजार भन्दा धेरैको मृत्यु भएको छ।

गएको २४ घण्टामा अमेरिकामा यसको संक्रमणबाट २३ सय ५२ जनाले ज्यान गुमाएका छन्। योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ६१ हजार ६ सय १८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार