• सोमबार, साउन ११ २०८३

डाक्टर पराजुलीमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न अस्पताल टोल बिकास समितीको माग


बुधबार, कार्तिक १६ २०७९
1.4K
Shares

गोरखा । गोरखा अस्पतालका डाक्टर कुटपिट गर्नेलाई कडा कारबाहीको माग राख्दै अस्पताल टोल बिकास समिती गोरखाको गम्भिर ध्यानार्कषण भएको छ ।

बुधवार अस्पताल टोलबिकास समितीले डाक्टर अविनाश पराजुलीलाई कुटपिट गर्नेलाई सख्त कारबाही होस भनि जिल्ला प्रशासन कार्यालय गोरखालाइ बिज्ञप्ती बुझाएको हो ।

कात्तिक ६ गते आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर पराजुलीमाथि कुटपिट भएको थियो उक्त कारणले टोलबिकास समितीले दोषि माथि कानुनी कारवाहीकालागि प्रशासन सँग माग गरेका हुन् ।

स्वास्थ्य कर्मिहरुको मनोबल कमजोर बनाउने र अस्पतालका सबरामिको स्वास्थ्य परिक्षणमा बाधा पुर्याउने व्यक्तिहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०३३ को पहिलो संसोधको अध्यादेश अनुरुप दोशी उपर सख्त कारबाही होस भनि माग गरेको छ ।

भने मङ्गलवार देखी अस्पतालमा उपचाररत डाक्टरलाई ढोका थुनेर कुटपिट गरेकाहरुलाई कडा कारवाहीको माग गर्दै चिकित्सकहरु पनि हातमा कालोपट्टी बाँधेर काम गरिरहेकाे छन् । डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षका समीर कुवँर, सोही ठाउँका १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका ३ का २६ वर्षका प्रमोदजंग कुवँरलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार