• सोमबार, साउन ११ २०८३

डाक्टर कुट्नेलाई कारवाहीको माग गर्दै गोरखा अस्पतालका चिकित्सकहरु कालोपट्टी बाँधेर काममा


बुधबार, कार्तिक १६ २०७९
850
Shares

गाेरखा । अस्पतालमा उपचाररत डाक्टरलाई ढोका थुनेर कुटपिट गरेकाहरुलाई कडा कारवाहीको माग गर्दै चिकित्सकहरु हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

मंगलवार साँकेतिक विरोध स्वरुप उपचार सेवा सुरु गर्नुअघि हातमा कालोपट्टी बाँधेर काम गरेका हुन् ।

कात्तिक ६ गते गोरखा अस्पतालका ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेका थिए । गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षका समीर कुवँर, सोही ठाउँका १९ वर्षका अनुप बस्नेत र गोनपा ३ का २६ वर्षका प्रमोदजंग कुवँरलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतमा दर्ता गर्ने मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी प्रहरीले फितलो कारबाही गर्न खोजेको आरोप नेपाल चिकित्सक संघको छ । फितलो मुद्दाले दोषीको मनोबल बढाउने र निर्दोष चिकित्सकको मनोबल गिराउने काम भएको चिकित्सक संघको तर्क छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को दफा ३ को नंबर ‘ग’मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोटपटक पु¥याउन नपाउने व्यवस्था छ ।

यदि त्यसो गरेमा तीनबर्षसम्म कैद वा तीनलाखसम्म जरिबाना वा दुवै सजायँ हुने व्यवबस्था छ तर प्रहरीले नंबर (च) अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको चिकित्सक संघका उपाध्यक्ष अनिल बिक्रम कार्कीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार