• आइतबार, साउन २४ २०८३

श्रीमती घमण्डी नहोस् भन्दै चिट्ठामा जितेको ४ अर्ब रुपैयाँ गोप्य राखेपछि…


मंगलबार, कार्तिक १५ २०७९
775
Shares

दक्षिण चीनका एक व्यक्तिले चिट्ठामा २२० मिलियन युआन (३०.६ मिलियन अमेरिकी डलर) जितेका छन् तर उनले यो कुरा सबैबाट गोप्य राखेका छन् ।

चिट्ठामा जितेको रकमले श्रीमती र आफ्ना बालबच्चालाई अहंकारी र अल्छी बनाउने हो कि भन्ने चिन्ताले आफूले सो कुरा लुकाएको उनले बताए ।

साउथ चाइना मर्नि अनुसार लि नाम दिइएका यी व्यक्तिले गुआङ्क्षी जुआङ प्रान्तमा ८० युआनमा ४० वटा लट्री टिकट किनेका थिए । प्रत्येक टिकटमा त्यहि सातवटा नम्बर थिए । नानिङ इभनिङ न्युजको रिपोर्ट अनुसार सबै सातवटा नम्बर उनका लागि भाग्यशाली साबित भए । प्रत्येक चिट्ठामा ५.४८ मिलियन युआन पर्यो । यसको अर्थ उनलाई जम्माजम्मी २२० मिलियन युआन पर्यो ।

अक्टोबर २४ तारिखमा ती व्यक्ति गुआङ्क्षी वेलफेयर लट्री डिस्ट्रिब्युसन सेन्टरमा चिट्ठामा परेको पैसा लिन गए । लीले ५ मिलियन युआन च्यारिटीलाई दान पनि दिए । चेक हस्तान्तरण कार्यक्रममा लीले कार्टुन कस्टम लगाएका थिए । जित्ने व्यक्तिको पहिचान लुकाउने यो निकै उत्कृष्ट काइदा थियो ।

पैसा जितेपछि आफू निकै उत्साहित भएपनि आफ्नो उत्साह लुकाउन खोजेको र यसबारे आफ्नो परिवारसहित कसैलाई पनि नभनेको उनले बताए ।

‘मैले यसबारे मेरी श्रीमती र बच्चाबच्चीलाई भनेको छैन । उनीहरुले आफूलाई अन्य व्यक्तिभन्दा ठूलो ठान्ने हो कि, भविष्यमा राम्रोसँग नपढ्ने हो कि भन्ने पिर लाग्छ,’ उनले भने ।

लिले ५ मिलियन युआन च्यारिटीलाई दान दिएपनि ४३ मिलियन युआन करमा कटाएपछि १२१ मिलियन युआन (२४ मिलियन अमेरिकी डलर) अर्थात् ३ अर्ब बढी घर लिएर जानेछन् ।

उनले अक्टोबर २१ तारिख, शुक्रबारका दिन चिट्ठा परेको थाहा पाएका थिए ।

चिट्ठामा जितेको पैसा कसरी खर्च गर्ने भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले यसबारे निर्णय गरिसकेको छैन । पैसा कसरी प्रयोग गर्ने भनेर योजना बनाउनेछु, यसका लागि केही समय लाग्नेछ ।’

चिट्ठाको रकमबारे श्रीमतीलाई केही जानकारी नदिएपनि उक्त रकममा श्रीमतीको पनि आधा हक लाग्ने उनले जानकारी दिएका छन् । साभार : रातोपाटी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार