• आइतबार, साउन २४ २०८३

‘महापुरुष’ले ४ दिनमा कमायो ३ करोड


मंगलबार, कार्तिक १५ २०७९
935
Shares

नेपाली फिल्म ‘महापुरुष’ले प्रदर्शनको चौथो दिन पार गर्दा ३ करोड माथिको ग्रस कलेक्सन गरेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले हरेक दिन सुखद  व्यापार गरिरहेको छ।

रिलिजको तेस्रो दिन ८८.७६ करोड कमाई गरेको फिल्मले चौथो दिन सोमबार आफ्नो ग्रस कलेक्सन ३ करोड पार गरेको छ।

यो फिल्मले पहिलो दिन नै देशभरबाट १ करोड ग्रस कलेक्सन गरेको थियो। प्रदर्शनको दोस्रो दिन शनिबार फिल्मले १ करोड ५० लाख ग्रस कलेक्सन गर्‍यो। 

अहिलेसम्म फिल्मले ३ करोड ३८ लाखको ग्रस कलेक्सन गरेको निर्माण टिमले जनाएको छ। फिल्मले साताको कमाई ५ करोड माथि गर्ने अनुमान गरिएको छ। 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिलमले एकल पुरुषको कथा भनेको छ। फिल्ममा मह जोडीका साथमा गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार