• शुक्रबार, साउन ८ २०८३

निर्वाचन प्रचारप्रसार गर्दा के गर्न पाईन्छ? के गर्न पाइँदैन ? (भिडिओ)


मंगलबार, कार्तिक १५ २०७९
1.4K
Shares

मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ। 

यसअन्तर्गत निर्वाचन आयोगले दल तथा उम्मेदवारहरूले आफ्नो प्रचारप्रसार गर्न पाउने अवधि तोकिदिएको छ। उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार समेत गर्न सकिने आयोगले जनाएको छ। 

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ।

यस्तै आयोगले चुनावी प्रचारप्रसार गर्दा के गर्न पाइन्छ, के गर्न पाइँदैन भन्ने जानकारी पनि गराएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार