• सोमबार, साउन ११ २०८३

डेंगी संक्रमितको संख्या ४७ हजार नजिक, ५४ जनाको मृत्यु 


सोमबार, कार्तिक १४ २०७९
985
Shares

यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ४६ हजार ७६८ र मृतकको संख्या ५४ पुगेको हो । 

महाशाखाका अनुसार संक्रमितको संख्या वाग्मती प्रदेशमा ३६ हजार ४४१, प्रदेश–१ मा एक हजार ७९१, मधेस प्रदेशमा ७६५, गण्डकी प्रदेशमा १ हजार ७६६, लुम्बिनी प्रदेशमा ४ हजार ६५६, कर्णालीमा ६६४ र सुदूरपश्चिम प्रदेशमा एक हजार १८५ छ । 

काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा धेरै २६ हजार ८२८ जना संक्रमित भएका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार