• आइतबार, साउन २४ २०८३

बढ्यो पाउण्ड स्टर्लिङको भाउ, आज कतिमा हुँदैछ किनबेच ?


सोमबार, कार्तिक १४ २०७९
730
Shares

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा तोकिएको छ। 

आइतबार पाउण्ड स्टर्लिङ एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा तोकिएको थियो।

त्यस्तै, सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ २० पैसा र बिक्रीमा १३१ रुपैयाँ ८० पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ९७ रुपैयाँ २४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २७ रुपैयाँ ८८ पैसा र बिक्रीमा २८ रुपैयाँ १ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ६० पैसा र बिक्रीमा ४२७ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५० रुपैयाँ ८२ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार