• आइतबार, साउन २४ २०८३

३०० किमी रेन्ज भएको इलेक्ट्रीक स्कुटर विक्री सुरु, यस्तो छ मूल्य !


सोमबार, कार्तिक १४ २०७९
1000
Shares

कोमाकीको रेन्ज र रफ्तारको लागि उत्कृष्ट इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । कम्पनीले ‘भेनिस अल्ट्रा’ इलेक्ट्रीक स्कुटर विक्री सुरु गरेको हो ।

कोमाकी इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी यूनिटी ट्रेडिङले केही समय अगाडि बुकिङ खुल्ला गरेको ३०० किलोमिटर रेन्ज दिने भेनिस अल्ट्रा विक्री सुरु गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको भेनिस अल्ट्रामा ३ किलोवाट रेटेड र ४ हजार ९०० पिक पावर भएको मोटर रहेको छ । यसमा ७२ भोल्ट ६६ एम्पियर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ ।

यो स्कुटरमा रहेको ब्याट्री एक पटक फुलचार्ज गर्दा ३०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ । यसलाई एक पटक फुलचार्ज गर्न ६ घन्टा समय लाग्ने कम्पनीले जनाएको छ ।

यो स्कुटरमा सेल्फ डायग्नोस इन्स्ट्रुमेन्ट, डबल डिस्क ब्रेक, सीबीएस ब्रेकिङ सिस्टम, क्रुज कन्ट्रोल, टर्बो सहित तीन राइडिङ मोड, यूएसबी पोर्ट, रिभर्स एसिष्ट, रिमोट लक, टेलिस्कोपिक सस्पेन्सन, क्रुजर कन्ट्रोल, ब्लुटूथ स्पीकर जस्ता फिचर उपलब्ध छन् ।

युनिटी ट्रेडिङले ४ लाख ४४ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार