• आइतबार, साउन २४ २०८३

यी हुन् ग्यास्ट्रिक निको पार्ने ६ घरेलु उपाय


सोमबार, कार्तिक १४ २०७९
675
Shares

yf? klxrfg 3'ªL kfNg] kf]v/L M bfª b+uLz/0f ufpFkflnsf¬–# rvf}/fdf yf? ;d'bfosf] klxrfg;Fu hf]l8Psf] 3'ªL kfNb} cfPsf] kf]v/L . t:jL/ M bLks af]x/f, /f;;, ndxL-bfª_

आजभोलि धेरै मानिसहरुलाई ग्यास्ट्रिकको समस्या हुन्छ । अस्पतालमा पनि ग्यास्ट्रिकको समस्या लिएर धेरै मानिसहरु जाने गर्छन् ।

अहिले ग्यास्ट्रिकको समस्या नभएका मानिसहरु भेट्न पनि मुश्किल छ । खासमा ग्यास्ट्रिकको समस्या खानपान र विभिन्न कारणले हुने गर्छ । यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ, भने विभिन्न घरेलु उपाय अपनाएर यसबाट छुटकारा पाउन सकिन्छ ।

यदि तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने यी घरेलु उपाय अपनाउनुहोस्:

१. समयमा खाना खाने बानी बसाल्नु – हामिले समयमा खाना खाने बानी बसालेमा पनि ग्यास्ट्रिकबाट छुटकारा पाउन सकिन्छ । तपाइलाई ग्यास्ट्रिक छ भने सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुहोस् । यदि लामो समयसम्म केही खानेकुरा नखाँएमा पेटमा हावा भरिएर ग्यास्ट्रिकको समस्या हुन्छ ।

२. प्रशस्त पानी पिउनुहोस्: ग्यास्ट्रिकबाट छुटकारा पाउन लगातार पानी पिउँने बानी बसाल्नुपर्छ । प्रशस्त पानी पिएमा मात्र जिउमा पानीको सन्तुलन कायम हुन्छ । तर पानीको सट्टा कोक लगायतका कोल्डड्रिङस भने पिउनुहुँदैन।

३. कार्बोहाइड्रेड कम खाने: ग्यास्ट्रिक भएकाले कार्बोहाइड्रेड भएका खानेकुरा कम खानुपर्छ । बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याज नखानु नै बेस हुन्छ ।

४. दूध पिउनुहुँदैन: ग्यास्ट्रिक भएकाले दूध नपिउनु नै राम्रो हुन्छ । दूधले झन ग्यास्ट्रिक बढाउछ । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै राम्रो हुन्छ ।

५. लसुनपानी खानु – तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने लसुनपानी खानु राम्रो उपाय हो । बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाएमा ग्यास्ट्रिक कम हुन्छ।

६. कागतीपानी पिउनु : ग्यास्ट्रिकलाई कम गर्न कागतीपानी पिउनु पनि राम्रो उपाय हो । कागतीपानी पिउनाले पेटमा ग्यास कम गर्छ र पेट फुल्न पनि दिँदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार