• आइतबार, साउन २४ २०८३

‘६० काटेकालाई भोट हाल्दिन’ : दीपकराज गिरी


सोमबार, कार्तिक १४ २०७९
2.5K
Shares

अभिनेता दीपकराज गिरीले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूले ६० वर्ष काटेका उम्मेदवारलाई भोट नदिने बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।

उनले सबै फूल गुलाफ नहुने भन्दै सबै स्वतन्त्र उम्मेदवार बालेन नहुने तर्क समेत अगाडि सारेका छन् । ६० वर्ष काटेकालाई भोट हालेर आफ्नो भोट खेर नफाल्ने समेत उनले बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् ,

‘सबै फूल गुलाफ हुँदैनन्
सबै स्वतन्त्र बालेन हुँदैनन् 
आफ्नो भोट खेर फाल्दिन
६० काटेकालाई हाल्दै हाल्दिन !’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार