• आइतबार, साउन २४ २०८३

गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा कम्तिमा १०० जनाको मृत्यु


सोमबार, कार्तिक १४ २०७९
690
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

गुजरातको मोरबीमा हालै मर्मत गरिएको १ सय ४० वर्ष पुरानो मच्छु नदीमा बनेको झोलुङ्गे पुल भत्किँदा कम्तीमा १०० जनाको ज्यान गएको छ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

संरचना पुनर्निर्माण गरि पाँच दिनअघि पुन: खोलिएको थियो। आइतबार साँझ करिब साढे ६ बजे भएको घटनामा परि पुलमा उभिरहेका मानिसहरू मच्छु नदीमा खसेका थिए।

मोरबी झोलुङ्गे पुल भत्किँदा सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १३० पुगेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ। 

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

उद्धारकर्मीहरूले माच्छु नदीबाट थप शव निकालेसँगै मृतकको संख्या १३० पुगेको हो। 

घटनाको समयमा पुलमा ५०० भन्दा बढी मानिस भएकाले मृतकको संख्या अझै बढ्नसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनामा परि एक सयभन्दा बढी घाइते भएका छन्। अझै केही व्यक्ति बेपत्ता छन्, उनीहरूको खोजी जारी छ। 

सडक तथा भवन राज्यमन्त्री जगदीश पञ्चालले बेलायती जमानाको पुल ओभरलोडका कारण भत्किएको बताए। 

मणि मन्दिर नजिकैको रहेको मोरबीको पुलमा जान पर्यटकलाई १७ रूपैयाँ भारू र बालबालिकाका लागि १२ रूपैयाँ भारूको टिकट लिनुपर्छ।

पुल मर्मत गरेर सञ्चालनमा आएसँगै ठूलो संख्यामा पर्यटक एक साथ पुगमा गएसँगै दुर्घटना भएको हो।

मोरबी दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूले शोक व्यक्त गरेका छन्। 

प्रधानमन्त्री मोदीले मोरबीमा भएको त्रासदीबाट आफू दुःखी भएको भन्दै राहत र उद्धार कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट प्रत्येक पीडित परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। 

यस्तै मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५०-५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्।
राष्ट्रपति द्रौपदी मुर्मुले पनि घटनामा परि ज्यान गुमाउनेप्रतिस दुःख व्यक्त गरेकी छन्।

मणि मन्दिर नजिकैको १ दशमलव २५ मिटर चौडा र २ सय ३३ मिटर लामो पुलको झोलुङ्गे संरचना दुई करोड रूपैयाँमा मर्मतसम्भार गर्न ६ महिनादेखि बन्द गरिएको थियो। 

३.५ लाखको बजेटमा बनेको उक्त पुलको २० फेब्रुअरी १८७९ मा मुम्बईका तत्कालीन गभर्नर रिचर्ड टेम्पलले उद्घाटन गरेका थिए। 

यसैबीच प्रदेश सरकारले पुल भत्किनुको कारण छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार