
गोरखा । गोरखामा बढी भाँडा लिने गाडीलाई जिल्ला प्रहरी कार्यालय गोरखाले कारवाही गरेको छ ।

गत सोमवार काठमाण्डौंबाट गोरखा सदरमुकाम तर्फ आउँदै गरेको बा ५ ख १०७४ नं. को हाईसले यात्रुहरुबाट उच्च भाँडा लिएको भन्ने सूचनाको आधारमा उक्त हाईसलाई मंगलबार नियन्त्रणमा लिइ कारवाही गरेकाे हो ।
काठमाण्डौंबाट गोरखा सदरमुकामको भाँडा दर पाँच सय ८० रुपैया रहेकोमा यात्रुहरुबाट एक हजारका दरले भाँडा असुल गरेकोले यात्रुहरुलाई लागेको भाँडा दर भन्दा बढी असुल गरेको रकम फिर्ता दिलाई उक्त हाईसलाई अधिकतम ट्राफिक जरिवाना गरी कारवाही गरिएको डीएसपी लिलाराज लामिछानेले बताए ।
साथै चाडवाडको अवसरमा यस्ता घटनाहरु घट्ने हुँदा यस जिल्ला प्रहरी कार्यालय
गोरखाको हटलाईन नं१००, कन्ट्रोल रुम नं ०६४४२०१९९, ९८५६०९०२५५ मा सम्पर्क गर्न सम्पूर्ण गोरखावासीलाई अनुरोध गरेको छ ।


