• आइतबार, साउन २४ २०८३

फेसबुकका पोस्टमा यसरी गर्नुहोस् भ्वाइस कमेन्ट


आइतबार, कार्तिक १३ २०७९
835
Shares

सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले गत हप्ता फेसबुक ग्रुपमा अडयो कमेन्ट उपलब्ध गराएकाे जानकारी दिएको थियो ।

अहिले विश्वका विभिन्न क्षेत्रबाट केही प्रयोगकर्ताले ग्रुपका पोस्टमा भ्वाइस कमेन्ट गरिरहेका छन् । नेपालमा पनि कतिपय फेसबुक प्रयोगकर्ताले यो फिचर प्रयोग गरिरहेको पाइएको छ ।

विशेषगरी पुरानो अकाउन्ट भएका प्रयोगकर्ताले यो फिचर उपयोग गर्न पाएको देखिन्छ । सामाजिक सञ्जालका ग्रुपहरूमा अन्तर्क्रिया बढाउन फेसबुकले यो फिचर ल्याएको हो । यसमा प्रयोगकर्ताले आफूलाई इच्छा लागेको कुरा भ्वाइसबाट पठाउन सक्छन् । साथै उक्त भ्वाइससँगै टेक्स्ट पनि कमेन्ट गर्न सकिन्छ ।

जस्तो पहिलेको फिचरमा फोटोसँगै क्यापसन राख्न सकिन्थ्यो, त्यसरी नै अडियोसँग क्याप्सन राख्न सकिने भएको छ । अहिलेलाई फेसबुक मुख्य एपबाट भन्दा लाइट संस्करणबाट यो फिचर उपयोग गर्न सकिन्छ । हामीले परीक्षण गरेर हेर्दा त्यही फेसबुक ग्रुपका पाेस्टमा भ्वाइस कमेन्ट गर्न मिलिरहेको छ भने फेसबुककाे मुख्य एपबाट मिलेको छैन ।

यसको अर्थ अहिले फेसबुक लाइटबाट यो फिचर उपयोग गर्न सकिन्छ । फेसबुक ग्रुपमा भ्वाइस कमेन्ट गर्न

-सबैभन्दा पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।

-त्यसपछि कुनै पनि ग्रुपमा जानुहोस् । (यो फिचर केही ग्रुपमा उपलब्ध भएको र केहीमा उपलब्ध नभएको पाइएको छ) ।

-त्यसपछि कमेन्ट बक्समा जानुहोस् ।

-त्यहाँ माइक्रोफोन, गिफ, एटदरेट, इमोजीको आइकन देख्न सकिन्छ । त्यसमा रहेको माइक्रोफोनको आईकनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि माइक्रोफोनको एक्सेस दिनुहोस् ।

-अब रेकर्डको अप्सनमा ट्याप गर्नुहोस् ।

-आफूले कमेन्ट गर्न चाहेको कुरा २० सेकेन्डभित्र भनिसक्नु पर्ने हुन्छ । फेसबुकमा भने लामो समयसम्मका लागि उपलब्ध हुनसक्छ ।

-त्यसपछि स्टप (Stop)अप्सनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि तल अडियो र माथि टेक्स्ट कमेन्ट गर्न भनिएको हुन्छ । आफूलाई इच्छा लागेको टेक्स्ट टाइप गर्नुहोस् ।

-त्यसपछि पोस्टमा ट्याप गर्नुहोस् । यसरी तपाईँले ग्रुपमा अडियो कमेन्ट गर्न सक्नुहुन्छ ।

साभार : टेकपाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार