• शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री कप क्रिकेट आजबाट सुरु हुँदै


आइतबार, कार्तिक १३ २०७९
915
Shares

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदै छ। प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुँदै छन्।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल बिहान ९ः३० बजे सुरु हुनेछ।  

पहिलो दिन नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ।

यस खेल पनि बिहान ९ः३० बजे सुरु हुनेछ। कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ।

समूह बी मा नेपाल पुलिस क्लब, वागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार