• आइतबार, साउन २४ २०८३

मनकामना आउदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु


आइतबार, कार्तिक १३ २०७९
1.3K
Shares

गोरखा। गोरखाको मनकामना दर्शन गर्न अाउदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार